गत शनिबार, २०७४/१०/२० गतेको दिन, हाम्रो स्कुलको हलमा विभिन्न शैक्षिक सामग्रीहरु थिए। एक जना बिज्ञ
ब्यक्ती हुनुहुन्थ्यो, चट्ट मिलाएर स्त्री गरेको कोट टाइमा। बिद्यार्थीको रुपमा स्कुलका ससाना बालबालिका
होइन, बेन्चमा बसेका थिए यसै बिद्यालयका एवम् दिव्यज्ञान उमावि र अक्सफोर्ड उमाविका शिक्षकहरु। त्यो
दिन बिद्यार्थीहरुले होइन, शिक्षकहरुले पठन पाठन गरे। चौरमा खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा
सहभागीहरु बिद्यार्थीहरु होइन, शिक्षकहरु नै थिए। शिक्षकको रुपमा हुनुहुन्थ्यो प्रसिद्ध शैक्षिक ब्यक्तित्व
शैक्षिक अवियन्ताअर्जुन भट्ट। यो उहाको १४६५औ वर्कसप थियो। यस बिद्यालयमा उहाँको दोस्रो कार्यक्रम
थियो।
प्रसङ्ग हो, Action Based Teaching Learning Workshop को। Learn with Fun को अवधारणामा आधारित यो
कार्यक्रम बालमैत्री वातावरणमा बिद्यार्थी भाइबहिनिहरुलाइ खेल्दै रमाउदै ब्यबहारिक र प्रयोगात्मक शिक्षा
सिकाइमा जोड दिइएको थियो। बिहानको ८ बजेबाट सुरु भएको कार्यक्रम देउसो ४ बजे सम्म संचालन भएको
थियो। कार्यक्रममा बालबालिकाको पढाइशक्ती एवं स्मरणशक्ति बढाउने, खेलमनोरन्जनको माध्यमबाट सिकाइ
गर्ने, पढेको कुरालाई प्रयोग गरि देखाउने, ब्यवहारमा देखाउने र उतार्ने, शैक्षिक तालिका, योजना र सामग्री तयार
गर्ने आदि कुराहरुमा जोड दिएको थियो। शैक्षिक सामाग्री तयार गर्दा वातावरण मैत्री No Cost- Low Cost को
भावलाई महत्त्व दिइएको थियो।